राजविराज, ५ पुस । मधेश आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनका युवा बिद्यार्थीे मोर्चा सप्तरीले निरर्धारित कार्यक्रम अन्तर्गत राजबिराजका दुईवटा उच्च .मा.बि मा संगठन निर्माण गरेको छ ।
जनजागरण अभियानका लागी मोर्चाको कार्य बिभाजन अनुसार टोली नं १ को अगुवाई अशोक यादव, र शम्भु यादव सहितका नेता र टोली नं २ मा किशोर कुमार यादव तथा तारकेश्वर यादवको अगुवाईमा मोडेल क्याम्पस र मिसन कलेजमा मोर्चाको संगठन बिस्तार गरेको हो । आईतवार बिहान मोडेल उच्च.मा.बि क्याम्पसमा मोर्चाका संयोजक शम्भु कुमार यादवको अध्यक्षतामा तथा संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा बिद्यार्थी फोरम केन्द्रिय ईन्चार्ज अशोक यादवको प्रमुख आतिथ्यमा तथा युवा फ्रन्टका फणिकान्त झाको उपस्थितिमा बिद्यार्थीहरुको बृहत छलफलबाट २१ सदस्यीय मोडेल क्याम्पस ईकाई कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा बिकास यादब, सचिवमा दानिष कर्ण, सहसचिवमा पवन दास र कोषाध्यक्षमा काजल राउतलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा सिता साह, पुजा साह, अभिषेक साह, लोकेन्द्र रजक, पायल दास, केशव साह ,महेश साह, मो. असलम, पंकज दास, अनवारुल अन्सारी, लक्ष्मी चौधरी, जयराम दास, सम्झना चौधरी, रिना बिक, अणु साह, र अजिम अंसारीलाई चयन गरिएको युवा बिद्यार्थी मोर्चाका प्रेस संयोजक चन्दनकुमार यादबले जानकारी दिए । अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दे फेरम नेपालको के.सदस्य असोक यादबले तिन ठुला दलले मधेशी जनताको शान्तिपुर्ण आवाजलाई उपेक्षा गरेको भन्दै सशतm आन्दोलनमा सहभागी हुन सम्पुर्ण बिद्यार्थीहरुलाई आब्वाहन गरे ।
मोर्चाका टोली नं २ ले राजबिराज स्थित मिसन कलेजमा पनि आई .एड, आईएस्सी, आई.कम, लगायतका बिभिन्न तहहरुमा प्रत्येक कक्षामा ईकाई कमिटी गठन गरिएको छ ।
संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीका सह संयोजक तारकेश्वर यादबको अध्यक्षतामा तथा बिद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव र नेपाल सदभावना पार्टी (गजेन्द्रवादी का अध्यक्ष बिकास तिवारीको उपस्थितीमा ईकाई कमिटी गठन गरिएको छ । उक्त अवसरमा मोर्चाका नेता बिकास तिवारीले मधेश आन्दोलनको वारेमा जानकारी गराउँदै मधेशी,जनजाती,थारुको अवको आन्दोलन अझै सशतm गर्न र सरकारलाई अन्तिम धक्का दिन युवा बिद्यार्थीको महत्वपुर्ण भुमिका रहेकोले अबको आन्दोलनलाई निर्णायक बनाउन बिद्यार्थाीहरुलाई आग्रह गरे । उक्त अवसरमा क्याम्पस प्रमुख उमेश यादव, युवा मोर्चाका दिवाकर साह, बिशाल यादब लगायतले बोलेका थिए ।
कक्षागत युवा बिद्यार्थी मोर्चाको ईकाई गठन गरिएको छ । गठित बिज्ञान संकायको ११ कक्षामा रोसन यादब, १२ कक्षाको सेक्सन( ए)..मा निभा देब, १२(ंबि) मा संजय यादब,(सि)मा दुर्गान्द यादब, ११ का अध्यक्षमा शैलेन्द्र मण्डल, आईएड ११ मा प्रियंका यादब,१२ का अध्यक्षमा रामकुमार मण्डल , ब्यवस्थापन तर्फ११ को अध्यक्षम राजन दास १२ का अध्यक्ष ईन्द्रनारायण मण्डल लगायत ५१ सदस्यीय बिभिन्न संकायका कक्षामा मोर्चाको ईकाई कमिटि गठन गरिएको प्रेस संयोजक चन्दनकुमार यादवले जानकारी दिए ।