युवा विद्यार्थीहरुको कार्यक्रम शिक्षण संस्था केन्द्रित
राजविराज, ४ पुस । संयुक्त मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीको शनिवार सम्पन्न बैठकले पुस ५ देखी १३ सम्म आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
संयुतm मधेशी युवा बिद्यार्थी सप्तरी संयोजक शम्भु कुमार यादवको अध्यक्षतामा राजबिराज गजेन्द्र स्थित मोर्चाको सचिवालयमा सम्पन्न बैठकले पुस ५ गतेदेखि १३ गतेसम्मका लागि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउनुका साथै संगठन निमार्णका लागी युवा बिद्यार्थी मधेश मुक्ति अभियानको नामाकरण गरी जिल्लाका सरकारी क्याम्पस, उच्च मा.बि, स्वास्थ संस्थाका कलेज, माध्यमिक बिद्यालय, तथा गाउँ, नगर, क्षेत्र, वडाहरुमा तथा मधेश क्रान्ति साँस्कृतिक कार्यक्रम गजेन्द्र चौकमा पुस १३ गते आयोजना गरी जनजागरण अभियानको रुपमा संगठित शक्ति निमार्ण गरी बिरोधका कार्यक्रम गर्नेसहितका निर्णयहरु भएको संयुक्त मधेशी युवा बिद्यार्थी मोर्चाका प्रेस संयोजक चन्दन यादवले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
बृहत बैठकमा संघिय समाजवादी फोरमका बिद्यार्थी ईन्चार्ज अशोक यादव, बिद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, मोर्चा संयोजक शम्भु यादव, सह–संयोेजक तारकेश्वर यादब, ने.क.पा माओवादीका दिपेश यादव, युवा फ्रन्टका फणिकान्त झा, मधुसुधन यादवलगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकार र प्रमुख तीन दलका नेता, प्रधानमन्त्री, मन्त्रीहरु समेत गम्भीर रुपमा वार्ताद्वारा समस्याको सामाधान गर्नुको सट्टा उल्टै मधेश आन्दोलनलाई अमुल्यन गर्ने गरी सार्वजनिक रुपमा अभिब्यक्ति दिँदै हिडेको तथा एकलौटी ढङ्गले ब्यवस्थापिका संसदमा मधेशी मोर्चाको सहमति बिना बलजफ्ती रुपमा संबिधान संसोधन बिधेयक प्रस्तुत गरेको घटना प्रति संयुतm मधेशी युवा बिद्यार्थी मार्चा सप्तरीको गम्भीर ध्यानआकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकवाट संयुक्त मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, सासंद तथा प्रतिनिधि र नेताहरुलाई मधेशको मागलाई सम्वोधन नहुञ्जेलसम्मको लागि जिल्ला तथा मधेशका प्रवेशमा रोक लगाईने जनाइएको छ । यस्तो अवस्थामा मधेशमा प्रवेश गरेको खण्डमा कडा प्रतिकार गनर््को साथै भौतिक कार्यवाही समेत गर्न युवा बिद्यार्थी वाध्य हुने महत्वपुर्ण निर्णय भएको नेता अशोक यादवले बताए ।
यसैगरी बैठकले मधेश आन्दोलनलाई निरुसाहित गर्न केही तस्करहरुले आन्दोलनलाई बेवास्ता गर्दे नेपाल सरकारलाई सहयोग गर्नका लागि पेटोलियम पदार्थसहित खाद्यान्न सामग्री पुर्याउने कार्य गरेर आन्दोलनलाई कमजोर पार्ने कार्य भएको मोर्चाले ठहर गरेको छ । यसैगरी मधेश आन्दोलनका क्रममा घाइते भएका मार्चाका सदस्य सञ्जय यादवले थप उपचारका खर्च मिलाई दिन संयुक्त मधेशी मोर्चा सप्तरीलाई आग्रह गरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
जनजागरण अभियानलाई संगठित शक्ति निर्माण गर्न २ ओटा टोली निमार्ण गरिएको छ । टोली नम्वर १ मा अशोक यादव, शम्भु यादव, मधुसुधन यादव, दिपेश यादव, फणिकान्त झा, भुपेन्द्र यादव, अमित यादव, रीता शर्मा, मुकेश यादब, जितेन्द्र यादव, चन्द्रनारायण दास, राजेश यादव, प्रमेश्वर यादव रहेका छन् ।
टोली नम्वर–२ मा किशोर कुमार यादव, तारकेश्वर यादव, तुलानाथ माझी, नरेश यादव, बिनोद मण्डल, बिशाल यादव, बिद्यान्दन चौधरी, केशव दास, रामकुमार यादव, दिनेश शर्मा, सञ्जय यादव, देवेन्द्र यादव, दिवाकर साह, मनोज मण्डल, महेश यादव, लुकमान राईनलाई जिम्मेवारी दिएको मार्चाले जनाएको छ । सङ्गठन निर्माण तथा युवा बिद्यार्थी मधेश मुक्ति अभियानका लागि विभिन्न क्याम्पसका बिद्यार्थीहरुसँग अन्तक्रिया गर्न दुई टोलीले कार्य सम्पादन गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रेस संयोजक यादवका अनुसार पुस ५ गते मोडेल क्याम्पस र मिसन कलेज, पुस ६ बल्र्ड भिजन मोडर्न क्याम्पस र ग्यालेक्सी, पुस ७ गते क्यालिभर र पाराडाइज कलेजमा कार्यक्रम गरिने जनाइएको छ । पुस ८ गते सप्तऋषि र क्षितिज कलेज, पुस ९ गते जगदम्वा टेक्निकल तथा उदयपुर र छिन्मस्ता कलेज र युनिक कलेजमा कार्यक्रम आयोजना गरिने संयोजक यादवले बताएका छन् ।
उनका अनुसार पुस १२ गते दुबै टोलीका नेताहरुद्वारा राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसमा बृहत अन्तरक्रिया गरिने छ । पुस १३ गते मधेश क्रान्ति साँस्कृतिक कार्यक्रम राजविराज स्थित गजेन्द्र चोकमा गरिने मोर्चाले निर्णय गरेको छ । अर्को बैठकबाट संयुक्त मधेशी मोर्चा सप्तरीको संयोजक परिवर्तनसँगै युवा विद्यार्थीको संयोजक समेत परिवर्तन गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मधेसको माग सम्बोधन नभए देश बिखण्डन हुनेः कर्ण
वीरगञ्ज, ४ पुस । स्वतन्त्र नागरिक समाजका केन्द्रीय संयोजक एवम् मधेस बिश्लेषक सरोज कर्णले जारी मधेस आन्दोलनलाई सरकारले समयमै सम्बोधन नगरे देश बिखण्डन हुने खतरा बढेको बताएका छन् ।
मधेसी जनताका माँगहरु सरकार एवम् प्रमुख दलहरुले अझै वेवास्ता गरे नेपालमा बसोवास गर्ने ५२ प्रतिशत मधेसका जनता अन्य बिकल्प खोज्न बाध्य हुने उनले बताए । वर्तमान सरकारले वार्ताको नाममा मधेसवादी दलहरुलाई झुक्याउने गरेको र सरकारको वर्तमान रवैयाले मधेस आन्दोलन सम्बोधन गर्नुको सटा तुहाउने खेलमा लागेको उनले आरोप लगाए ।
वर्तमान सरकार र मन्त्री एवम् जिम्मेवार नेताहरुले मधेस र मधेसी जनताको बिरोधमा बेला बेलामा दिने अभिव्यक्तिले मधेसीहरु नेपालकै नागरिक न नभएको जस्तो अनुभूती गर्ने गरेको संयोजक कर्णले बताए । मधेसी जनताहरु चार महिनादेखि आन्दोलन गरिरहँदा पनि ठोस वार्ता नगर्नु तर हिमाल पहाडमा आन्दोलन हुँदा बिना वार्ताकै माँग सम्बोधन हुनुले पनि मधेसीहरुसँ राज्यले बिभेद गरेको प्रष्ट भएको उनले तर्क गरे ।