• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हाजिरी जवाफ प्रतियोगितामा भगवतपुर उच्च मा.बि. प्रथम

हाजिरी जवाफ प्रतियोगितामा भगवतपुर उच्च मा.बि. प्रथम

राजविराज, ३ पुस । सुरक्षित बैदेशिक रोजगार हामी सबैको सरोकार भन्ने मुल नाराका साथ १६ औं अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१५ अन्र्तगत सामी हेल्भेटासको सहयोगमा सबल नेपाल राजबिराजद्धारा शुक्रवार हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरियो ।
सप्तरीको शम्भुनाथ नगरपालिका अन्र्तगत उच्च माध्यमिक.विद्यालय भगवतपुरमा अन्तर बिद्यालय मा.बि. स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो । त्यसक्षेत्रका ९ ओटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा कञ्छु नरप्रताप उच्च मा.बि. नकटी रायपुरले प्रथम स्थान प्राप्त गरेको छ भने दोश्रोमा जनता मा.बि. बसबिटी तथा तेश्रो जनता मा.बि. तोपाले प्राप्त गरेका छन् । सहभागी अन्य ६ वटै बिद्यालयलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति छत्र नारायण दासको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा बुद्धिलाल बिद्या मुनर उच्च मा.बि. भगवतपुरका प्रधानाध्यापक उमानाथ यादवको अध्यक्षतामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरी, कार्यकारी निर्देशक दिपक झा, कार्यक्रम संयोजक अशोक साह, सामी हेल्भेटासका जिल्ला संयोजक देव नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन परियोजना अधिकृत चन्दन यादवले गरेका थिए । १६औं आप्रवासन कामदार दिवस २०१५ लाई ध्यानमा राखि गा.बि.स.बकधुवाको महुली बजारमा स्टल राखि बिभिन्न प्रचार मुलक कार्यक्रमको सञ्चालन गरिएको जानकारी सबल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले बताए ।