• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

हनुमाननगर, ३ पुस । सप्तरीको हनुमाननगर–७ मा लखन मण्डलको घरमा विहीवार राती आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राती करिब १२ बजेको समयमा अचानक मण्डलको रिङ्ग तथा पोल बनाउने काउन्टर हाउसमा आगलागी भएको हो । आगलागीमा परी फलाम कटर मेसिन, कटर मेसिन, दराज, कुर्सी, समियाना, प्लाइबोर्ड, फर्मालगायतका सामानहरु जलेर नष्ट भएको छ । स्थानीयवासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगो निभाउने क्रममा छिमेकी सकला मण्डलको एउटा घरमा समेत क्षति भएको छ ।