• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हप्तामा एक दिन शुक्रवार बैंकहरु खुल्ने

हप्तामा एक दिन शुक्रवार बैंकहरु खुल्ने

राजविराज, २ पुस । मधेशी मोर्चा सप्तरीको विहीवार सम्पन्न बैठकले सर्वधारण जनताको पीडा तथा असहजतालाई मध्यनजर गर्दै हप्ताको एक दिन बैकिङ्ग कारोबार गर्न अवरोध नपुर्याउने निर्णय गरेको छ ।
मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको अध्यक्षतामा बसेको बैठकले सर्वसाधारण जनताको असुविधालाई मध्यनजर गर्दै हप्तामा एक दिन शुक्रवार बैंकिङ्ग कारोबारमा अवरोध नपुर्याउने निर्णय गरेको हो । सोही बैठकले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउन गर्ने कार्यक्रमलाई बृहत बनाउने निर्णय गरेको छ ।