राजविराज, ११ मंसिर । राजनेता स्व. गजेन्द्र नारायण सिंहको राजविराज–१ गजेन्द्र चौकस्थित शालिकमा दुई दिनदेखि रातीको समयमा समयमा कालो पदार्थ लगाउने गरिएको उक्त कार्यमा संलग्न जो कोहीलाई कडा कार्वाही गर्न नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)ले माग गरेको छ ।
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको एक टोलीले शुक्रबार बिहान गरेको स्थलगत निरीक्षणबाट समेत उक्त कार्यको पुष्टि भईसकेको भन्दै दोषीलाई कडा कार्वाही गर्न माग गरेका हुन् ।
जननेता सिंहको सालिकमा कालोपदार्थ लगाउने व्यक्ति वा समूहको पहिचान हुन नसकेको भन्दै रातीको समयमा सुरक्षाकर्मीहरूको गस्ती उपस्थिति हुँदा–हुँदै यस्ता अवाञ्छित कार्य हुनु आश्चर्यजनक भएको पार्टीकी कार्यकारी जिल्ला अध्यक्ष साबित्री पंडितद्वारा प्रेस विज्ञप्तिमा जनाइएको छ । ‘उक्त घटना गर्ने–गराउने जो कोही भए पनि यस्तो कुकृत्यप्रति नेसपा गजेन्द्रवादी घोर भत्र्सना गर्दछ’ पंडितद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘श्रद्धेय गजेन्द्र बाबुको शालिकप्रति दुव्र्यवहार हुन नदिन र दोषीको पत्ता लगाई कारबाही गर्न पार्टी स्थानीय प्रशासनसमक्ष जोडदार माग गर्दछ ।’