• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिके राउतका युवा अभियानकर्ता राजेश रिहा

राकेश साह, वीरगंज, ११ मंसिर । रंगभेदी गिरफ्तारीको बर्षिकी तथा मधेस आन्दोलनका शहिदहरुप्रति श्रद्धान्जली सभा गरेको अभियोगमा विहीवार वीरगञ्ज माइस्थानबाट पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका अभियानकर्ता राजेश यादव रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई शुक्रवार दिउँसो रिहा गरेको हो । प्रहरीले अनुसन्धान गर्दा कुनै किसिमको दोष साबित नभएकोले यादवलाई पक्राउ परेको २४ घण्टा पछि रिहा गरेको हो । तर यादवले शान्तिपुर्ण आन्दोलनमा गिरफ्तारी दिनु राज्यालाई चुनौती दिनु हो भन्दै स्वतन्त्र मधेसका अभियानकर्ताहरु यस्ता गिरफ्तारीहरुबाट अलिकति पनि बिचलित नहुने प्रतिक्रिया दिएका छन् । मधेसी जनतालाई नेपाली उपनिवेशबाट मुक्त हुन एक मात्र बिकल्प रहेको भन्दै आजादी आन्दोलनमा भाग लिन उनले आग्रह गरे ।
गत वर्ष काठमाडौंमा सार्क सम्मेलनलाई लक्षित गरी मधेसको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गराउन आयोजना गरिएको गठबन्धनको बृहत् आमसभाका क्रममा नेपाल प्रहरीले गठबन्धनका केन्द्रीय संयोजक डा. सिके राउत सहित काठमाडौंको बिभिन्न ठाउहरुबाट रङ्गको आधारमा चार सयभन्दा बढि मधेसी युवाहरुलाई पक्राउ गरेको एक वर्ष पुगेको अवसरमा वीरगञ्जमा कार्यक्रम आयोजना गरिएको थियो ।