अपडेटःराजविराज, ११ मंसिर । सप्तरीको भारदहस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा शुक्रवार बिहान प्रहरी स्कर्टिङ्गमा रहेको एक यात्रुबाहक बस दुर्घटनामा परी तीन जनाको मृत्यू भएको छ भने २३ जना घाइते भएका छन् ।
सिन्धुलीबाट काँकडभिट्टातर्फ गइरहेको ना.५ ख १६६४ नम्बरको मातृ भाग्यरेखा नामक यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा धनुषाको तुलसीपुर–७ का ९ वर्षिया बालिका निर्जला बस्नेत र एक जना नाम नखुलेका यूवक रहेका छन् । मृतकको सनाखत हुन नसेपनि उनको साथबाट फेला परेको एटिएममा जीवनकुमार अधिकारी उल्लेख रहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यसैगरी नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षिय पुरुषको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइतेहरुमध्ये भारतको आसामका ४० वर्षिय अरेन राय, धनुषा भरतपुरका इन्द्रजित कुस्वानी र सोही ठाउँका २९ वर्षिया सरस्वती साहको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यसैगरी सुनसरीको इटहरी–७ का २८ वर्षिय सुजन कार्की, धनुषाका २३ वर्षिय शिव खड्का, धनुषाका ३० वर्षिय निरु बस्नेत, र सोही ठाउँका १२ वर्षिय निर्जल बस्नेतको बिराटनगर स्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको बर्दिवास–१ का ५० वर्षिय रमेश कोइराला, सिन्धुलीको भिमानका २२ वर्षिय रेखा श्रेष्ठ, सोही ठाउँका ३८ वर्षिय दिपक श्रेष्ठ, १ वर्षिय सहिल श्रेष्ठ, महोत्तरीको भनगपुर– ५ का ५५ वर्षिय शिवजी चौधरी, सोही ठाउँका ४५ वर्षिय हरि चौधरी, सिन्धुलीको कमलामाइ नगरपालिका–५ का ४३ वर्षिय विष्णु माया लामा, भारतको नगाड सभागोडी घर भई सिन्धुली बस्दै आएका ३३ वर्षिय जिवन काकोटी, हुम्लाको विराट–४ का २० वर्षिय गोविन्द बैबाल, सिन्धुलीको कमलामाई नगरपालिकाका ५७ वर्षिय कृष्ण बहादुर कार्की, महोत्तरीको बर्दिवास–१ का ४५ वर्षिय रामेश्वर कोइराला, सुनसरीको बकलौरी–४ का ३२ वर्षिय गणेश बस्नेत, सिन्धुली कमलामाई नगरपालिका– ५ का ५६ वर्षिय दिल बहादुर लामा, सोही ठाउँका ११ वर्षिय शर्मिला लामा, महोत्तरीको बर्दीवास नगरपालिका– ७ का २१ वर्षिय चुडामणि पौडेल र वर्दिया पशुपति–९ का २४ वर्षिय गोपाल थापाको बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बस सडकबाट २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएकाहरुलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।