• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नागरिक र पत्रकारमाथिको दमन विरुद्ध पत्रकारहरु सडकमा

नागरिक र पत्रकारमाथिको दमन विरुद्ध पत्रकारहरु सडकमा

राजविराज, ९ मंसिर । प्रहरीद्वारा जिल्लाको विभिन्न स्थानहरुमा भएको प्रहरी दमन विरुद्ध सप्तरीका पत्रकारहरुले राजविराजमा बुधवार प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा निकालिएको जुलुश नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नागरिक र पत्रकारमाथिको दमन बन्द गर, मधेशको माग सम्बोधन गर, मानव नरसंहार बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता गर, मानव अधिकारको सुनिश्चितता गर, पत्रकारहरुको शान्ति सुरक्षाको सुनिश्चिता गर लगायतका नाराहरु लगाउँदै पत्रकारहरुले राज्यको प्रदर्शन गरेका छन् ।DSC03830
जुलुसमा राष्ट्रिय तथा मोफलका विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागिता गरेको थियो । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देवले राज्यद्वारा भइरहेको दमन बन्द गरी संयुक्त लोकतान्त्रिक मधेशी मोेर्चाले अघि सारेको मागलाई अविलम्ब सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए । उनले समाचार संकलनका क्रममा सञ्चारकर्मीहरुमाथि भएको आक्रमणको निन्दा गर्दै शान्तिपूर्ण वातावरणमा समाचार सम्प्रेषणको वातावरण मिलाउन आग्रह गरे । मधेशी पत्रकार संघका महासचिव सुरेश कुमार यादवसमेतको विशेष उपस्थिति रहेको थियो ।