• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आन्दोलन सशक्त बनाउन मोर्चा र पत्रकार बीच अन्तरक्रिया

आन्दोलन सशक्त बनाउन मोर्चा र पत्रकार बीच अन्तरक्रिया

राजविराज, ८ मंसिर । अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त एवम् व्यवस्थित बनाउने सन्दर्भमा सप्तरीका पत्रकारहरुसँग मधेशी मोर्चा सप्तरीले मङ्गलवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
राजविराज जेसिज भवनमा मोर्चाका संयोजक सुनिलकुमार झाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चारमाध्यमहरुलाई थप सशक्त बनाउन सूचना प्रवाह, सत्थतथ्य समाचार संकलन, मोर्चा र पत्रकारहरु बीच समन्वयकारी भूमिका लगायतका समसामयिक विषम् परिस्थितिको विषयमा छलफल भएको छ ।
अन्तरक्रिया कार्यक्रममा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय कोषाध्यक्ष रेणु यादव, पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, फोरमका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, राजनीतिकर्मी सत्यनारायण यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र कुमार चौधरी, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव, युवा नेता बलराम यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, नेकपा माओवादीको जिल्ला अधिवेशन आयोजक समिति सप्तरीका संयोजक जयप्रकाश यादव, फोरमका जिल्ला कमिटी सदस्य दयानन्द गोइत, केदार यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवसमेतको उपस्थिति रहेको थियो ।
यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य मुरली प्रसाद यादव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देव, कोषाध्यक्ष मनोज कुमार माझी, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, पत्रकार शुभचन्द्र झा, नवीनकुमार गुप्ता, सतिशकुमार दत्त, करुणा झा, मिथिलेश यादव, चन्दन यादव, भूषण सिंहसमेत गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
यसैगरी मधेशी मोर्चा सप्तरीले स्थापना गरेको सूचना डेस्कलाई थप व्यवस्थित पार्न यस अघि अमरनाथ मण्डलको संयोजकत्वमा गठित सूचना तथा सञ्चार समितिलाई विस्तार गर्दै ५ सदस्यीय बनाएको छ । समितिमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव र मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलाई थप गरिएको छ । यस अघि गठित समितिको सदस्यमा मोर्चाको तर्फबाट गजेन्द्र कुमार मण्डल र उपेन्द्र साहसमेत रहेका छ्न् ।