• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा डेढ सयले गरे एमाओवादी परित्याग

सप्तरीमा डेढ सयले गरे एमाओवादी परित्याग

राजविराज, ३ मंसिर । राजविराजमा आयोजित एक कार्यक्रमका बीच एक सय पचास जनाले एकिकृत नेकपा माओवादी परित्यागको घोषणा गर्दै समिति गठन गरेको छ ।
अरुण कुमार साह ‘अनिल’को अध्यक्षता एवम् वरिष्ठ नेता रामचन्द्र झाको प्रमुख आतिथ्य तथा नेताहरु महेन्द्र पासवान, रामकुमार शर्मा र रामरिझन यादवको विशेष उपस्थितिमा पार्टी परित्याग गर्दै ७५ सदस्यीय समिति समेत गठन गरेको छ । नयाँ शक्ति निर्माण अभियान अन्तर्गत उक्त समिति गठन गरिएको जनाइएको छ ।
संगठन परित्याग गर्नेहरुमा अरुण कुमार साह, ‘अनिल’, छेदी साफी, प्रेमनारायण यादव, चन्द्रदेव मण्डल, जयप्रकाश राउत, देवलाल माली, लक्ष्मी चौधरी, दिपनारायण साह, रामप्रसाद मण्डल, सिंहेश्वर साह, तेजनारायण यादव, मखन साह, रामअवतार यादव, राजु जयशवाल रहेका छन् । यसैगरी भुवनेश्वर पासवान, रामचन्द्र यादव, सूर्यनारायण मण्डल, राजलाल राम, प्रकाश गुप्ता, उज्जवल बिक, कमला गौतम साह, हिरु चौधरी, शम्भु चौधरी, शितल यादव, रामनारायण यादव, रामकृष्ण पासवान, जितेन्द्र यादव, सोभित साह, कपलेश्वर ठाकुरलगायतका रहेका छन् । नवगठित उक्त समितिले मधेशमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनमा समर्थन र सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ ।