राम नारायण पंडित
सिरहा, ३ मंसिर ।
छठ मनाउन गृह जिल्ला सिरहा आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद धानो महराको घर घेराउ गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहिबार सिरहाको गोलबजारमा रहेको सभासद महराको घर घेराउ गरिएको हो । मोर्चाले घर घेराउ गर्न आइरहेको थाहा पाएर सभासद महरा भागेको संघिय समाजबादी फोरम नेपालको जिल्ला सदस्य राम दयाल यादवले बताए ।
सभासद महरा मधेश विरोधी संविधानमा हस्ताक्षर गर्दै सहयोग गरेको भन्दै मोर्चा घर घेराउ गर्न पुगेका थिए । सभासद महराको घर घेराउ गर्न जाने क्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारको बिरुद्धमा कडा नाराबजी समेत गरेका थिए ।
मधेशी, मुस्लिम, जनजाति, पिछडावर्ग, सिमान्तकृत समुदाय लगायत उत्पिडनमा परेका समुदायहरुको बिरुद्धमा संबिधान जारी गरिएको संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई जिल्ला प्रवेश गरेको पाईएमा कालोमोसो दलेर समाजिक वहिष्कार गरी लखेट्ने निर्णय सिरहा मोर्चाले चेतावनी दिएका थिए ।