राजविराज, ३ मंसिर । अधिकार प्राप्तिको आन्दोलनलाई अझै सशक्त बनाउँदै मंसिर ५ गते शनिबारदेखि राजमार्ग केन्द्रित आन्दोलनमा सहभागिता जनाउन मधेशी मोर्चा सप्तरीले आग्रह गरेको छ ।
रुपनी, भारदह, विसनपुर, कदमाहा नाकाहरुमा “चलु राजमार्ग, भरु राजमार्ग नारा” साथ आन्दोलनमा विशाल जनसहभागिता जनाउन मोर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले आग्रह गरेका हुन् । राजमार्गमा धर्ना बस्ने मोर्चाको वृहत कार्यक्रम रहेको जनाउँदै धर्ना कार्यक्रममा विशाल सहभागिता जनाउन उनले नागरिक समाज बुद्धिजिवी, व्यापारी, विद्यार्थी युवा, किसान, मजदुर लगायत विभिन्न संघ संस्थाहरुसँग अपिल गरेका छन् ।