• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दुई सय लिटर डिजेल युवाहरुको नियन्त्रणमा

दुई सय लिटर डिजेल युवाहरुको नियन्त्रणमा

राजविराज, ३ मंसिर । सप्तरीको मलेकपुर गाविस स्थित खुरहुरियाको नहर चौकमा मधेशी मोर्चाका युवाहरुले बुधवार राती दुई सय लिटर डिजेल नियन्त्रणमा लिएका छन् ।
मोटरसाइकलमा राखेर राजविराजतर्फ लग्दै गरेको अवस्थामा उनीहरुले राती करिब १ बजेको समयमा नियन्त्रणमा लिएका हुन् । जाँजर घर बताउने उनीहरुले स १ प ६९९१ र स ५ प २६९९ नम्वरको मोटरसाइकलबाट सदरमुकाम राजविराजतर्फ जाने क्रममा युवाहरुले नियन्त्रणमा लिएको स्थानीय युवा संजिवकुमार यादवले जानकारी दिएका छन् । रातीको समयमा हुलाकी सडक भएर डिजेल तथा पेट्रोल तस्करी भइरहेको गुनासो आएपछि युवाहरुले राती चेकजाँच गर्ने कार्यक्रलाई अगाडि बढाएका छन् ।