• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

महोत्तरी, २ मंसिर । सीमा आसपास क्षेत्रबाट महोत्तरी प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्वर–१ घर भएका २५ वर्षिय सुभाष यादवलाई इटालियन पेस्तोलसहित पक्राउ गरिएको हो । उनलाई रातु नदीको बाँधबाट पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनको साथबाट इटालियन मेड अटोमेटिक पेस्तोल एक थान र लोड भएको म्याग्जिनमा केएफ ७.६५ लेखिएको एक राउण्ड गोली बरामद गरिएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।