• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकार र मोर्चा बीचको वार्ता निष्कर्ष विहिन

सरकार र मोर्चा बीचको वार्ता निष्कर्ष विहिन

‘अब सडकतिर भेटेर चिया बिस्कुट खाँदा हुन्छ’

काठमाडौं, २ मंसिर । सरकारसँगको वार्ता निष्कर्ष विहिन भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु आक्रोशित भएर बैठकबाट बाहिरिएका छन् ।
सिंहदरवारमा सरकारको उच्चस्तरीय वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीच बुधवारको वार्ता बिना निश्कर्ष टुङ्गिएको हो । बैठकबाट आक्रोशित भएर बाहिर निस्केका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको नाममा नौटंकी मात्र भएको बताए ।
सरकारी वार्ता टोलीले निर्णायक वार्ता हुने भनेर झुठो प्रचारवाजी गरिरहेको पत्रकारहरुलाई जानकारी दिँदै उनले सरकारी पक्ष बिना तयारी वार्तामा आएकोले वार्ता उपलब्धीपूर्ण नभएको बताए । ‘वार्ताको नाममा चिया र बिस्कुट खाने काम भयो’ अध्यक्ष यादवले भने ‘अब सडकतिर भेटेर चिया बिस्कुट खाँदा हुन्छ ।’
उक्त बैठकमा राजनीतिक समितिका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्डले समावेशी, समानुपातिक, निर्वाचन क्षेत्र निर्धारण सहितका विषयहरु टुङ्गो लगाउने र सीमांकनको विषयमा संसदमै समिति बनाएर अगाडि बढ्ने प्रस्ताव अघि सारेका थिए । यता मधेशी मोर्चाका नेताहरुले भने प्रचण्डको प्रस्ताव सिधै अस्वीकार गर्दै प्याकेजमा सहमति गर्नुपर्ने अडान राखे । सीमांकनको विषयमा ठोस प्रस्ताव लिएर आउन सरकार पक्षको ध्यानाकर्षण गराए ।
बुधवारको वार्तामा नेपाली काँग्रेसका नेताहरु अनुपस्थित रहेका थिए । काँग्रेस बिना सिमांकनको मुद्दाको टुङ्गो लाग्न नसक्ने भएकोले वार्ता अगाडि बढ्न सकेन ।