राम नारायण पंडित
सिरहा, ३० कार्तिक । जारी संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई सिरहा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मधेशी, मुस्लिम, जनजाति, पिछडावर्ग, सिमान्तकृत समुदाय लगायत उत्पीडनमा परेको समुदायहरुको बिरुद्धमा संविधान जारी भएको भन्दै मोर्चाले विगत तीन महिना भन्दा लामो समयदेखि मधेशमा आमहडताल जारी रहेको छ ।
मधेशमा दुई प्रदेश, सम्पुर्ण निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतका माँग राख्दंै मोर्चा आन्दोलनरत छन् । सिरहाको गोलबजारमा सम्पन्न मोर्चाको बैठकले संविधानमा हस्ताक्षर गर्ने सभासद्हरुलाई जिल्ला प्रवेश गरेको पाइएमा कालोमोसो दली समाजिक वहिष्कार गरी लखेट्ने मोर्चाले निर्णय गरेको छ । संघिय समाजवादी फोरम सिरहा जिल्ला उपाध्यक्ष बादल प्रसाद यादव, तमलोपाको जिवरञ्जन यादब, सदभावना पार्टीका राम बहादुर महतो र तराई मधेस सद्भावना पार्टीका उपेन्द्र सिंहद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।