Top_Header_Right_Add

मानव अधिकार आयोगलाई सरकारको प्रवक्ता नबन्न बुद्धिजिवीहरुको सुझाव

मानव अधिकार आयोगलाई सरकारको प्रवक्ता नबन्न बुद्धिजिवीहरुको सुझाव

राज्यको दमन ज्ञानेन्द्रको प्रतिगमन भन्दा पनि खतरनाकः वरिष्ठ राजनीतिज्ञ मण्डल
राजविराज, २४ कार्तिक । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले राष्ट्रिय मानव अधिकार आयोगलाई नेपाल सरकारको प्रवक्ता नबनी निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।
बौद्धिक समाज सप्तरीले मङ्गलवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उनले यस्तो सुझाव दिएका हुन् । जारी मधेश आन्दोलनमा राज्यपक्षले बर्बरतापूर्ण दमन गरी मानव अधिकारको सामान्य सिद्धान्तको समेत पालना नगरेको अवस्थामा आयोगले सरकारको क्रियाकलापको ढाकछोप गर्ने काम गरिरहेको प्रष्ट्याउँदै उनले भने ‘मानव अधिकार आयोगले सरकारको प्रवक्ता नबनी सत्यतथ्य एवम् निष्पक्ष भएर भूमिका निर्वाह गर्नुपर्दछ, यदी सुधार भएर अगाडि बढेनन् भने विश्वसनियता घट्ने निश्चित छ ।’DSC03351
मधेशका बीरगञ्ज, धनुषा, रौतहट, बारा, पर्सा, रुपन्देही, सप्तरीलगायतका जिल्लाहरुमा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आधारभूत सिद्धान्तको समेत पालना नगरी टाउँको तथा छातीमा ताकीताकी गोली चलाएको वरिष्ठ नेता मण्डलले बताए । शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षले दमन गर्नुअघि सामान्य चेतावनी समेत नदिएको प्रष्ट पार्दै उनले भने ‘बिना चेतावनी गोली चलाउनु ज्ञानेन्द्रको प्रतिगमन भन्दा पनि खतरनाक छ, अहिंसात्मक आन्दोलनलाई हिंसात्मक बनाउने काम सरकारबाट नै भइरहेको छ ।’ शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलनकारीलाई उत्तेजित पारेर हिंसात्मक बाटोतर्फ उन्मुख गराएर थप दमन गर्ने निती सरकारले अख्तियार गरेको भन्दै आन्दोलनकारीहरुलाई समेत सचेत रहन उनले आग्रह गरे ।
अहिंसात्मक आन्दोलनमा ठूलो ताकत हुने गरेकोले शान्तिपूर्ण आन्दोलनलाई नै व्यवस्थित रुपमा परिचालन गरी अगाडि बढ्नुपर्ने वरिष्ठ राजनीतिज्ञ मण्डलले बताए । कैलालीको टिकापुर घटनाको विषयमा हालसम्म पनि सत्यतथ्य प्रतिवेदन सार्वजनिक हुन नसकेको दावी गर्दै उनले भने ‘कैलालीलगायत मधेशका जिल्लाहरुमा भएका घटनाहरुको विषयमा सत्यतथ्य छानबिन गरी सार्वजनिक हुनुपर्दछ, उक्त घटनाहरुको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्दछ ।
सिङ्गो मधेश र मधेशी जनता आन्दोलित रहेको अवस्थामा मधेश आन्दोलनमा होमिएका कतिपय राजनीतिक पार्टीहरुले सङ्गठन विस्तार, पार्टी प्रवेशलगायतका कार्यक्रमहरुमा लाग्नु दुःखद भएको उनले बताए । वर्तमान अवस्थामा अन्यत्र ध्यान केन्द्रित नगरी सम्पूर्ण उर्जा शान्तिपूर्ण आन्दोलनमै लगाउन वरिष्ठ राजनीतिज्ञ मण्डलले पार्टीहरुको ध्यानाकर्षण समेत गराए ।
सोही कार्यक्रममा बौद्धिक समाज सप्तरीका संयोजक समेत रहेका प्राध्यापक अमरकान्त झाले मधेश आन्दोलनले थारु, आदिवासी, जनजातीलाई सशक्त बनाउने काम गरेको बताए । सरकार वार्ताको नाटक गरेर दमन गरी आन्दोलनलाई समाप्त पार्ने षडयन्त्र गरिरहेकोले सशक्त आन्दोलनको विकल्प नरहेको उनले बताए ।
आन्दोलनलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सके जीत सुनिश्चित रहेको भन्दै सरकारी दमनबाट भयभीत नहुन उनले आग्रह गरे । ‘शान्तिपूर्ण आन्दोलनमा यति ताकत छ, सरकार झुक्न बाध्य हुन्छन् नै’ उनले थपे ‘काठमाण्डौमा दलित समुदायले गरेको आन्दोलनमा लाठीचार्ज गरेर कायरतापूर्ण चरित्र प्रदर्शन गरेको छ भने मधेश दुईवर्षका अबोध बच्चा र ७० वर्षको बृद्धसमेतलाई गोली हानेर घोर निन्दनीय कार्य गरेको छ ।’
पत्रकार सम्मेलन समाजका सचिव एवम् वरिष्ठ पत्रकार अनिलकुमार अनलले सरकारी दमनको विश्व मानव अधिकार आयोग, ह्युमन राइट्स वाच, इम्नेष्टि इन्टरनेशनल, संयुक्त राष्ट्रसंघ समेतले छानबिन गरी दमनकारीमाथि कार्वाही गराउन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा उच्च माध्यमिक शिक्षा परिषद्का पूर्व उपाध्यक्ष तथा प्रा.डा. हेमकुमार मिश्र, पूर्वप्राचार्यद्वय मीना ठाकुर, भवेन्द्र यादव, ई.सुगम्बर यादव, पुनरावेदन बार एसोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण साहलगायतले समेत शान्तिपूर्ण आन्दोलनमा भइरहेको दमन बन्द गरी तत्काल आन्दोलनकारीहरुको माग सम्बोधन गरी समस्याको समाधान खोज्न राज्पक्षसँग आग्रह गरे ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer