Top_Header_Right_Add

ठूला पार्टी परित्याग गरी मधेशवादीमा प्रवेश

ठूला पार्टी परित्याग गरी मधेशवादीमा प्रवेश

राम नारायण पंडित

सिरहा, २४ कार्तिक ।
सिरहामा बिभिन्न पार्टी परित्याग गरी सैयौं नेता कार्यकर्ताहरु संघिय समाजबादी फोरममा प्रवेश गरेका छन् ।
लामो समयदेखि मधेशमा आमहड्ताल जारी रहेपनि आफ्नो पार्टीले मधेशको माँग सम्बोधन गर्न कुनै अग्रसरता नदेखाएको भन्दै बाध्य भएर पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका अन्तर्गत रमपुरामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रत्याग गरी १ सय १५ जनाले संघिय समाजबादी फोरममा प्रवेश गरेको फोरमका सिरहा जिल्ला सदस्य राम दयाल यादबले बताए । फोरमका केन्द्रीय कोषाध्यक्ष विजय यादबको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यकममा नेकपा एमालेका रामबाबुु यादब, एमाओबादीका सोभित यादव, राम सेबक यादव र शिबजी यादवलगायतका नेता तथा कार्यकर्ताहरुले पार्टी प्रत्याग गरी फोरममा प्रवेश गरेका छन् । पार्टीका केन्द्रिय कोषाध्यक्ष यादबले अबिर लगाई नव प्रवेशीहरुलाई पार्टी प्रबेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरुले आन्दोलन थप कडा गर्नकालागि आफुहरुले पार्टी प्रत्याग गरी यो पार्टीमा प्रवेश गरेको बताएका छन् ।
यता मिर्चैयामा सरकारको बिरुद्धमा मोर्चाले जुलुस प्रर्दशन गरेका छन् । स्थानिय भगबतपुर चौकबाट सुरु भएको बिरोध प्रदर्शन नगरका बिभिन्न भागका परिक्रमा गर्दै कटारी चौकमा कोण सभामा परिणत भएको थियो ।
आन्दोलन सफल बनाउन मोर्चाले जिल्लाका लहान, गोलबजार, चोहर्बा, मिर्चैया, बन्दिपुर, सिरहा सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा पनि सक्रियता देखाएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer