राजविराज, २२ कार्तिक । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति सप्तरीको तेश्रो जिल्ला अबिधेशनले पुनः छोटेलाल यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संगठनको राजविराजमा आइतवार सम्पन्न अबिधेशनले उपाध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ, दितिय उपाध्यक्षमा प्रमोद कुमार झा, सचिवमा उमेश कुमार यादव, सहसचिव असर्फी कामैत र कोषाध्यक्ष जनक खड्कालाई चयन गरेको जनाएको छ ।
यसैगरी सदस्यहरुमा सिताराम शर्मा, बिन्दु यादव, जामुन यादव, श्रीप्रसाद यादव, ससीकला चौधरी, रामकुमार शर्मा, भोमलाल चौधरी, बौवालाल यादव, बेचन यादवलाई चयन गरेको छ भने संगठनको केन्द्रीय प्रतिनिधीहरुमा रामकिसुन यादव, राधेश्याम पौडेल, गुरुप्रसाद पौडेल, देवनारायण यादव, गौरीशंकर झा, भुपेन्द्र यादव, रामकुमार शर्मा, संजय परियारलाई चयन गरेको छ ।
यसअघि आइतवारै राजविराजस्थित जिल्ला कृषि विकास कार्यालय सप्तरीको तालिम हलमा आयोजित अबिधेशनको उद्घाटन एक कार्यक्रमका बीच संगठनका केन्द्रीय महासचिव उमेश यादवले गरेका थिए । संगठनका जिल्ला अध्यक्ष छोटेलाल यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महासचिव यादवले कर्मचारीहरुको हकअधिकार सुनिश्चितताका लागि सम्पुर्ण कर्मचारी एक जुट हुनुपर्ने बताए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुर, एकिकृत नेकपा माओवादी सप्तरीका संयोजक असर्फी सदा, एमाओवादी सप्तरी क्षेत्र नम्बर–३ का संयोजक भागवत यादव, जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादव, मधेशी निजामति कर्मचारी मञ्चका अजय झा, नेपाल निजामति कर्मचारी संगठनका दिनेश कुमार यादव, नेपाल निजामति कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष छेदी यादवलगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय सदस्य राधेश्याम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।