• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छिन्नमस्ताको भूमीपूजन र ध्वजारोहन स्थगित

राजविराज, २२ कार्तिक । पूर्वाचलको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती परिसरमा हुने लक्ष्यचण्डी रुद्री महायज्ञ समयमै हुने समयमै हुने जानकारी दिएका छन् ।
शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले आइतवार मधेशी पत्रकार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी दिएका हुन् । २०७२ चैत्र ९ गते प्रारम्भ हुने लक्ष्यचण्डी रुद्री महायज्ञ समयमै हुने तर त्यसैको तयारीको क्रममा कार्तिक देव उठान एकादशीका दिन मंसिर ६ गते हुने भनिएको भूमी पूजन तथा ध्वजारोहण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको उनले बताए ।
मधेशमा लामो समयदेखि जारी आन्दोलनका कारण भूमी पूजन तथा ध्वजारोहण कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुलाई आवत–जावतमा असहजता हुने भएका कारण भूमी पूजन तथा ध्वजारोहण कार्यक्रम स्थगन गरिएको उनले बताए । देशमा दिर्घशान्ति, अमनचयन, सद्भाव एवम् समृद्धिकालागि लक्ष्यचण्डी रुद्री महायज्ञ आयोजना गर्न लागिएको पीठाधीश ठाकुरले जानकारी दिए ।
शक्तिपीठमा २०७१ को चैते दशैंदेखि नै चार आवृति दुर्गा पाठ भइरहेको उनले बताए । चतराधामका जगदगुरु शंकराचार्य बालसन्त मोहन शरण देवाचार्यको विशेष उपस्थितिमा २०७२ भित्र लक्ष्यचण्डी महायज्ञ गर्ने घोषणा गरिएको थियो ।