• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आइतवारदेखि राजमार्ग ठप्प पार्न धर्ना

राजविराज, २१ कार्तिक । मधेशी मोर्चा सप्तरीले राजमार्ग केन्द्रीत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
मोर्चा संयोजक सुनिल झाको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले तिहार, छठ लगायतका पर्वलाई मध्यनजर गर्दै सोमवार र मङ्गलवार दुई दिनका लागि जिल्ला स्थित बैंक तथा वित्तीय संस्थाहरु खुल्न दिने निर्णय गरेको छ ।
मोर्चाको बैठकले आइतवारदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउन विहानैदेखि राजमार्गको रुपनी र भारदह सडक खण्डमा ब्यापक जनसहभागितामा धर्ना बस्ने कार्यव्रmम तय गरिएको मोर्चाका सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिए ।