राजविराज, २० कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा शुक्रवार पनि विरोधसभालाई निरन्तरता दिएको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले राज्यपक्ष मधेशको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच पटक–पटक वार्ता भए पनि निष्कर्ष विहिन बन्ने गरेको उनीहरुले बताए ।
मधेशी मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादवको अध्यक्षतामा आयोजित विरोधसभामा युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, सह–संयोजक तारकेश्वर यादव, मधेश रक्षा वाहिनीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, राजनीतिकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’, तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय सदस्य भोला मुखिया, किसान मञ्चका महासचिव अमरकान्त झा, मधेशी मोर्चा नगर समितिका संयोजक उमेश कमाण्डो, विनोद मण्डल, जयप्रकाश यादव, पञ्चदेव यादव, रामकिसुन यादव, लाल मोहम्मद लगायतका वक्ताहरु मन्तव्य व्यक्त गरे ।