• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
माओवादीको जिल्ला सम्मेलन आयोजक समिति गठन

राजविराज, २० कार्तिक । मातृका प्रसाद यादव नेतृत्वको नेकपा माओवादी पार्टीले निर्णायक आन्दोलनको नेतृत्व लिनुपर्ने अवस्थामा नयाँ परिवर्तनकालागि ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

शुक्रवार राजविराज स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य महेश यादवले उक्त विषयमा जानकारी दिएका हुन् । उनका अनुसार संयोजक जयप्रकाश यादव, सह–संयोजक प्रभाकर सिंह, सह–संयोजक मो. तजमुल रहेका छन् । सदस्यहरुमा भगवती प्रसाद यादव, मुकेश यादव, बुधेश्वर यादव, धर्मेन्द्र चौधरी, राजाराम यादव, धनिकलाल मण्डल, दिलिप यादव, बद्रीनारायण माझी, जिबछ यादव, बलराम मेहता, नित्यानन्द माझी, रामकुमार मण्डल, प्रमोद यादव, उपेन्द्र यादव, गोसाई ईशर, योगेन्द्र यादव, किसन मण्डल, रघुनन्दन राउत, चुल्हाई यादव, बिनोद शर्मा, बैजु यादव (बैद्यनाथ), बुधराम मण्डल, दिपेश यादव, मनोज यादवलगायत व्यक्तिहरु रहेका छन् ।
पार्टीले आत्मनिर्णय सहितको समग्र मधेश एक स्वायत मधेश प्रदेश कायम गर, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टि गर, मधेशमा भएको पहाडी अव्यवस्थित बसाई–सराईमा प्रतिबन्ध लगाउ लगायतका मागहरु अघि सारेको छ । सम्मेलन आयोजनाकालागि केन्द्रीय सदस्य रञ्जित यादव ‘छेदी’ १ र २, केन्द्रीय सदस्य महेश यादव क्षेत्र ३ र ४, केन्द्रीय सदस्य भुलाई राम क्षेत्र नम्वर ५ र ६को जिम्मेवारी दिइएको छ ।