• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चोरी भएको सोलार प्यानल बरामद

राजविराज, १९ कार्तिक । सप्तरीको छिन्नमस्ता गाविस वडा नम्वर– १ स्थित एनसेल टावरको चोरी भएको सोलार प्यानल प्रहरीले बरामद गरेको छ ।
चोरी भएको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले बिशेष सूचनाका आधारमा मङ्गलवार उक्त सोलार प्यानल बरामद गरेको हो । एक सय नब्बे वाटको एक थान सोलार प्यानल छिन्नमस्ता गाविस वडा नम्वर–९ स्थित अनिस रायको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिको पहिचान समेत भईसकेकोले खोजतलास एवम् थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन् ।