• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सशक्त आन्दोलनमा लाग्न निर्देशन

राजविराज, १९ कार्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आन्दोलन थप सशक्त बनाउन सम्पूर्ण पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
सप्तरीको कोइलाडीमा विहीबार आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । सशक्त आन्दोलन गरेर राज्यपक्षलाई बाध्य पार्ने बताउँदै उनले सम्पूर्ण उर्जा आन्दोलनमा खर्च गर्ने निर्देशन दिए ।
पार्टीका प्रमुख सल्लाहकार तथा संसदीय दलका नेता निर्जला राउत, उपाध्यक्ष शेखर कुमार सिंह, प्रवक्ता केशव झा, जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, उपाध्यक्ष सतिश कुमार सिंह, सचिव तेजनारायण यादवलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका छन् । उक्त कार्यक्रम विपिन सिंहको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला, क्षेत्रीय तथा गाउँ कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।