• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एकिकृत आन्दोलन गर्नुपर्नेमा बुद्धिजिवीहरुको जोड

राजविराज, १८ कात्तिक । जारि मधेस आन्दोलनलाई सहयोग गर्ने उद्देश्यका साथ गठित बौद्धिक समाज सप्तरीद्वारा बुधबार राजविराज स्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बहालवाला तथा सेवा निवृत प्राध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

अन्तरक्रियामा सहभागी वक्ताहरुले जारी मधेस आन्दोलनलाई एकीकृत रुपमा सञ्चालन हुनुपर्ने राय प्रस्तुत गरे । सम्पूर्ण मधेसवादी दल, संगठन र शक्तिहरुको एउटै बृहद मोर्चा निर्माण भएमात्र मधेस आन्दोलनले अपेक्षित उचाई हासिल गर्ने बताए । वक्ताहरुले सम्पूर्ण सुझावबारे आन्दोलनरत मधेशी दल, संगठनसँग बृहद छलफल गर्ने प्रतिवद्धता बौद्धिक व्यक्तित्वहरुले गरे ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक बीच सम्पन्न अन्तरक्रिया कार्यक्रम बौद्धिक समाज सप्तरीका संयोजक अमरकान्त झाको अध्यक्षतामा भएको थियो । बौद्धिक समाजका सचिव वरिष्ठ पत्रकार अनिलकुमार अनलद्वारा सञ्चालित अन्तरक्रियामा डा. नमोनारायण झा, डा. ललित कुमार यादव, डा. अवध किशोर सिंह, प्रा. गजेन्द्र प्रसाद सिंह, प्रा. रणधीर कर्ण, डा. हेमकुमार मिश्र, प्रा. महेन्द्र प्रसाद यादव, प्रा. रामनारायण यादव, प्रा. मिथिलेश प्रसाद यादव, प्रा. जयनारायण यादव, इ. सुगम्बर यादव, मिना ठाकुर, संचारकर्मी जितेन्द्र खड्गा, प्रा. कृष्णचन्द यादवले मन्तव्य व्यक्त गरेको समाजका सचिव अनिल कुमार अनलले जानकारी दिए ।