राजविराज, १८ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा बुधवार पनि विरोधसभालाई निरन्तरता दिएको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले राज्यपक्ष मधेशको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच पटक–पटक वार्ता भए पनि निष्कर्ष विहिन बन्ने गरेको उनीहरुले जोड दिए ।
मधेशी मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादवको अध्यक्षतामा आयोजित विरोधसभामा युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, सह–संयोजक तारकेश्वर यादव, बिरेन्द्रप्रसाद मण्डल, चन्द्रनारायण यादव, विनोद कुमार यादव, विशाल यादव, रञ्जन साह, लक्ष्मण साह, रामकिसुन यादवलगायतका वक्ताले आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिए । विरोधसभा मो. बसिर उद्दीनले आन्दोलन सम्वन्धि गीत प्रस्तुत गरेका थिए ।