राजविराज, १८ कात्तिक । मैथिली कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान पुर्याउने ११ जना कलाकारहरु बुधबार एक समारोह बीच सम्मानित भएका छन् ।
धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.को चौथो बार्षिकोत्सव तथा मैथिली फिल्म निर्देशक धर्मेन्द्र यादव धर्मात्माको २४ औं वर्षको जन्मदिवसको अवसर पारेर बुधबार राजविराजमा कलाकारहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने कलाकारहरुमा सङ्गीतगतकार कमल मण्डल, महेन्द्र मण्डल वनवारी, कुन्दन कुमार मण्डल ‘पप्पु’ प्रिति अधिकारी, पण्डित डिपी शास्त्री, गायिका अञ्जु यादव, गायकद्वय केशव कुमार चौधरी, सन्नु कुमार खंग, गंगाप्रसाद यादव ‘शिवानी’, संजिव कुमार यादव ‘सप्तरीया’, सुरज कुमार सोनी रहेका छन ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित सम्मान कार्यक्रममा मैथिली साहित्य परिषदका निवर्तमान अध्यक्ष विवेकानन्द मिश्र, महासंघका निवर्तमान अध्यक्ष धिरेन्द्रप्रसाद साह, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झा, परिषदका उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, संगितकार कमल मण्डल, दहेज मुक्त मिथिला अभियानकी अध्यक्ष बन्दना मिश्रा, मैथिल महिला परिषदकी उपाध्यक्ष शान्ति झा, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, रामसरोवर यादव, पशुपति दास, तनुजा चौरसिया, कुन्दनकुमार मण्डल पप्पु, साहित्यकार सागरविर कडारी, भुपेन्द्र कुमार मण्डल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।