• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आन्दोलनलाई सशक्त बनाइनेछः सप्तरी मोर्चा

राजविराज, १८ कात्तिक । संयुक्त मधेशी मोर्चा नगर समिति जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरी र मधेशी मोर्चा नगर समितिको राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा बुधबार बसेको संयुक्त बैठक तथा उद्यमी व्यवसायीसँगको बृहत छलफलबाट विभिन्न निर्णय गरेको हो । बैठकमा मोर्चाको नगर समिति विस्तार, बजार बन्द तथा नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई अझ प्रभावकारी र कडा बनाउने निर्णय गरेको छ ।
बैठकमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश प्रसाद यादव, मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, सचिवालय सदस्य सत्य नारायण यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्त साह, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, ट्रक व्यवसायी संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद आर्याल, टेम्पो व्यवसायी संघका अध्यक्ष जगरनाथ दास, म्याजिक भ्यान संघका हरेराम यादव तथा माईक्रो व्यवसायी संघका अजित कुमार लगायतकाहरुले जारी आन्दोलनलाई अझ सशक्त बनाउने विचार व्यक्त गरेका छन् ।