Top_Header_Right_Add

रसुवामा बस दुर्घटना, ३० को मृत्यू, चार दर्जन घाइते

रसुवामा बस दुर्घटना, ३० को मृत्यू, चार दर्जन घाइते

राजविराज, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ गइरहेको एक यात्रुवाहक बस मङ्गलवार दुर्घटना हुँदा त्यसमा सवार ३० जनाको मृत्यू भएको छ भने करिब चार दर्जन घाइते भएका छन् । खचाखच यात्रु बोकेर गइरहेको ना ३ ख ५७०६ नम्वरको बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा परी ४५ यात्रु घाइते भएका छन् । मृत्यू हुनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गम्भीर घाइतेहरुको संख्या ३० जना रहेको प्रहरीले जनाएको छ ।

पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब पाँच सय मिटर तल खसेको हो । बसभित्र र छतमा समेत यात्रु खचाखच भरिएको थियो । घटनास्थल सदरमुकाम धुञ्चेदेखि १२ किलोमिटर दक्षिणमा पर्दछ । घाइते २० जनाभन्दा बढीलाई उपचार गर्न काठमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ ।
बसको टायर पड्केपछि बस भिरमा खस्नपुगेको थियो । घटनास्थलमा नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer