• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी मोर्चाको संयोजकमा सुनिल

राजविराज, १७ कात्तिक । मधेशी मोर्चा सप्तरीको मंगलबार बसेको बैठकले सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिल कुमार झालाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मधेशमा जारी आन्दोलनको पालैपालो नेतृत्व गर्ने नीति र सहमति अनुसार आगामी नेतृत्वको जिम्मा झालाई दिने निर्णय गरिएको हो । यस अघि मोर्चा सप्तरीको संयोजकमा संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव तथा तमलोपा सप्तरीका अध्यक्ष रामपृत यादवलाई उक्त जिम्मेवारी दिइएको थियो । संयोजकको जिम्मेवारी उनीहरुले कुशलतापूर्वक बहन गरिसकेका छन् । मधेशमा जारी निर्णायक आन्दोलनलाई अझ उत्कर्षमा पु¥याउन तथा आन्दोलनबाटै अधिकार स्थापित गराई छाड्ने ऐतिहासिक आन्दोलनमा सदा झै न्याय प्रेमी जनसमुदायको सकृय सहयोग प्राप्त हुने अपेक्षा मोर्चाले राखेको सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलद्वारा मङ्गलवार प्रेषित विज्ञप्तिमा जनाइएको छ ।