• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

थारु–मधेशी उधारो सम्झौताको पक्षमा छैन–लेखी

थारु–मधेशी उधारो सम्झौताको पक्षमा छैन–लेखी

वृजमान तामाङ
बिरेन्द्र बजार १७ कात्तिक । थारु कल्याणकारिणी आन्दोलन परिचालन समितिका केन्द्रिय संयोजक राजकुमार लेखीले थारु, मधेशी आन्दोलन सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।
थारु कल्याणकारिणी सभाको मेची महाकाली जन जागरण अभियान अन्तर्गत थारु कल्याणकारिणी सभा सप्तरी, सिरहा, उदयपुरद्धारा सप्तरीको जण्डौलमा सोमवार आयोजित संयूक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । थारु कल्याणकारिणी सभाको कात्र्तिक ७ र ८ गते नवलपरासीमा भएको राष्ट्रिय भेलाबाट पारित आन्दोलनको स्वरुप सम्बन्धि भेलामा जानकारी गराउदै उनले आन्दोलनलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
थारु आन्दोलन निष्क्रिय भएको भ्रम विपक्षीयहरुले पैmलाउने गरेको बताउदै उनले भने आन्दोलनलाई निर्णायक बनाउन थप सशक्त रुपले अगाडी बढिरहेको नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष समेत रहेका चौधरीले बताए । सरकार वार्ताको नौटंकी गरी आन्दोलनलाई कमजोर पार्ने षडयन्त्रमा लागेको बताउँदै उनले भने ‘थारु, मधेशी आन्दोलन सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा छैन, पहिचान र अधिकारको मुद्दा संविधानमा सुनिश्चित हुने ठोस आधार नबनेसम्म वार्तामा बस्दैनौं ।’
थरुहट थारुवान संयुक्त संघर्ष समितिका वार्ता टोली सदस्य समेत रहेका लेखीले सिमाङ्कन,समावेशी समानुपातिक प्रतिनिधित्व, जन संख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण लगायतका महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्ने सरकारी वार्ता टोलीबाट प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने स्पष्ट पारे । पच्चीस, पचास हजार तलव र पदको लोलुप्तमा दुई जना थारु मन्त्री हुँदैमा थारु, मधेशीहरुको आन्दोलनको औचित्यता समाप्त नहुने दावी गर्दै विजय गच्छदार थारु, मधेशीको नेता नभई थारु, मधेशीको गद्दार सावित भएको बताए ।
उनले झापादेखि कञ्चनपुरसम्मको तराईको भूभागलाई बढीमा ३ प्रदेश, कम्तिमा दुई प्रदेश सहितको थरुहट मधेश प्रदेश नभएसम्म आन्दोलन जारी राख्ने समेत उदघोष गरे । थारु कल्याणकारिणी सभा सप्तरीको अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता तथा थारु कल्याणकारिणी सभा केन्द्रिय कोषाध्यक्ष जयराम पंजियारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सिरहा जिल्लाको तर्पmबाट पूर्व केन्द्रीय सदस्य खडक नारायण चौधरी, सप्तरीबाट आदिवासी जनजाती महासंघका पूर्वाञ्चल सदस्य रघु कुमार सिंह थारु, उदयपुरको तर्पmबाट उपसभापति विनोद चौधरी, धनुषाका सभापति अशोक चौधरीले जिल्लामा जारी आन्दोलनको गतिविधीको सम्बन्धमा जानकारी गराएका थिए ।
भेलालाई थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामवती चौधरी, अर्का केन्द्रिय सदस्य उचित नारायण चौधरी, पूर्व केन्द्रीय सल्लाहकार वौली चौधरी, रामाकान्त चौधरी, चन्द्रकिशोर चौधरी, भिखन चौधरी, दिल कुमारी चौधरी, राम कुमार चौधरी, वेचन प्रसाद चौधरी, कल्पना चौधरी लगायतका वक्ताहरुले सम्बोधन गर्दै मधेशी, थारु लगायतका उत्पिडीत समुदायको महत्वपूर्ण मुद्दालाई छोडेर अधिकारविहिन सम्झौता नगर्न वार्ता समितिलाई आग्रह गरे ।
भेलाबाट आन्दोलनलाई थप सशक्त र निर्णायक बनाउन ११ बुँदे संयुक्त सप्तरी घोषणा पत्र समेत जारी गरेको छ । संयुक्त सभाद्धारा पारित घोषण पत्रमा मधेशी थारुबिच कार्र्यगत एकता कायम राखी मुद्दा मिल्ने दल तथा समुहसँगको सहकार्यमा सिमा नाकाबन्दी र राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउन,े संगठनलाई सुदृढिकरण गर्दै लैजाने लगायतका बुँदाहरु रहेको थारु कल्याणकारिणी सभाका केन्द्रिय सचिवालय सदस्य राम कृष्ण चौधरीले जानकारी गराए । थारु कल्याणकारिणी सभा उदयपुरका सभापति प्रदीप चौधरीद्धारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य सिरहाका सभापति दुर्गानन्द चौधरीले गरेका थिए भने सप्तरीका कोषाध्यक्ष दिल कुमारी चौधरीले स्वागत गीत प्रस्तुत गरेका थिए ।