• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोर्चाको नगर समितिमा उमेश कमाण्डो

राजविराज, १६ कार्तिक । मधेश आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यका साथ मङ्गलवार राजविराजमा मधेशी मोर्चा नगर समिति गठन गरिएको छ ।

मोर्चासँग आवद्ध रहेको १३ दलका प्रतिनिधीहरु समेतको विशेष उपस्थितिमा गठित नगर समितिको संयोजकत्वमा उमेश प्रसाद साह ‘कमाण्डो’ रहेका छन् । समितिको सदस्यामा मोर्चा आवद्ध राजनीतिक दलका प्रतिनिधी र नगरका सम्पूर्ण वडाका प्रतिनिधिहरुलाई राखिएको छ ।
नगर समितिको सदस्यमा विशेश्वर प्रसाद साह, मो. इलियास, दिनेश साह, पशुपति दास, दिवाकर सिंह, मनोज दास, त्रिभुवन यादव, भरत साह, मनोज राउत, विजय गुप्ता, नारायण दास, सत्येन्द्र प्रसाद देव, अशोक साह, शिवनन्दन साह, खेलानन्द यादव, गुलशन अंसारी, अखिलेश राम, कुशेश्वर प्रसाद साह, संतोषप्रसाद साह र नन्दलाल यादव छन् ।
सल्लाहकारमा शिवनारायण साह, अशोक साह, श्यामकिशोर सिंह, रामकृष्ण दास र नुरुल होदा अन्सारी छन् । यसैगरी समितिको प्रेस संयोजकमा एमके माझी तथा सदस्यमा महेन्द्र मण्डल वनवारीको चयन गरिएको छ ।
उक्त अवसरमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, नेसपाका जिल्ला अध्यक्ष सुवी यादव, रामसपाका जिल्ला अभ्यक्ष गजेन्द्र मण्डल, मोर्चाका चिवालय सदस्य सत्यनारायण यादवसहितका नेताहरुको उपस्थिति रहेको थियो । सोमवारै मोर्चा नगर समितिको वसेको वृहत वैठकले गोपाल प्रसाद महतो (सुडी) को संयोजकत्वमा १५ सदस्यीय मोर्चाको १ नम्वर वडा समिति गठन गरेको छ ।