राजविराज, १६ कार्तिक । मधेशी मोर्चा सप्तरीले जिल्लाका विभिन्न नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता दिएका छन् ।
विगत ११ दिनदेखि संघीय समाजवादी फोरम नेपालका दयानन्द गोइतको नेतृत्वमा जिल्लाको बेल्ही, रामनगरलगायतका नाकाहरु पूर्ण रुपमा ठप्प पारेका छन् । उक्त कार्यक्रमहरुमा रामनगर, रौतहट, मौवाहाबेल्ही, मल्हनियाँका वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
यसैगरी जिल्लाको कुशहा नाकाबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य सुरेन्द्र यादवको नेतृत्वमा २ सय लिटर पेट्रोल र ४ सय लिटर डिजेल नियन्त्रणमा गरेको जिल्ला सदस्य अभिषेक यादवले जानकारी दिए ।