Top_Header_Right_Add

वीरगञ्जमा प्रहरीको गोलीबाट एकको मृत्यू, एक दर्जन घाइतेः अनिश्चितकालीन कर्फयू

वीरगञ्जमा प्रहरीको गोलीबाट एकको मृत्यू, एक दर्जन घाइतेः अनिश्चितकालीन कर्फयू

राजविराज, १६ कार्तिक । पर्साको वीरगञ्जमा सोमबार दिउँसो प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यू भएको छ ।
प्रहरीको गोली लागेर रक्सौल नयाँ रोडका २४ वर्षिय आशिषकुमार रामको मृत्यू भएको हो । उनलाई टाउकोमा गोली लागेको जनाइएको छ । मृतक रामको साथमा रहेको मोबाइलबाट पहिचान खुलेको प्रहरीले जनाएको छ । यता गृह मन्त्रालयका सचिव सूर्य प्रसाद सिलवालले मृतक भारतीय नागरिक भएको जनाएको छ ।
वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीहरुमाथि समेत प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले लाठीचार्ज, अश्रुँग्यास तथा रबरका गोली चलाएपछि अवस्था तनावग्रस्त बन्न पुगेको छ । 12189849_1705756059647608_8225912876393947137_n
पर्सा जिल्लाको वीरगञ्ज स्थित शंकराचार्य गेट नजिक प्रहरीले सोमवार विहान गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यू भएको छ भने दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । मृतकको नाम ठेगाना भने खुल्न सकेको छैन । यद्यपी मृत्यूबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
मैत्री पुलमा नाकाबन्दी गर्दै सुतिरहेका आन्दोलनकारीहरुमाथि प्रहरीले आक्रमण गरेका थिए । निरन्तर रुपमा जारी रहेको धर्नामा विहान करिब ५ बजेको समयमा उनीहरुलाई धपाउने प्रयास गरेका थिए । निदाइरहेका प्रदर्शनकारीमाथि प्रहरीले सुरुमा ढुङ्गामुढा गरेका थिए भने त्यसपछि लाठीचार्ज गरेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन् ।
प्रहरीले प्रदर्शनकारीहरु सुतेको पालमा समेत आगो लगाएको जनाईएको छ । आफूहरुलाई जिउँदै जलाउन खोजेको आन्दोेलनकारीहरुको दावी छ । धर्नामा बसेका आन्दोलनकारीमाथि प्रहरीले बल प्रयोग गरिरहेको सूचना पाएपछि पर्साका गाउँ–गाउँबाट प्रदर्शनकारीहरु वीरगंज–रक्सौल नाकाको मैत्री पुलमा हज्जारौंको संख्यामा सर्वसाधारण भेला भएका छन् ।12191047_10201276089980465_8992582243537270779_n
यसैगरी माइस्थान र घण्टाघरमा भएका झडपमा प्रहरी चलाउँदा वीरगञ्ज रामटोलका रवि यादव, रेशमकोठीका गोबिन्द साह, भेडियारीका भुलन साह, शिवजी साह सोनार, आर्दनगरका राहुल दास, सरोज कुमार, राकेश गुप्ता लगायतका आन्दोलनकारीहरु घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये शिवजी साह सोनारको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले झडपका क्रममा दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । बीरगञ्जको विभिन्न स्थानहरुमा झडप जारी छ । प्रदर्शकारीले पर्साका लालपर्सामा ना ३० प ५१५ नम्बरको मोटरसाइकलमा समेत आगजनी गरेका छन्
वीरगञ्जमा अनिश्चितकालीन कर्फयू
पर्साको वीरगञ्जमा प्रहरी र प्रदर्शनकारी बीचको झडपका क्रममा प्रदर्शनकारीको मृत्यू भएपछि अवस्था तनावग्रस्त बन्न पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले अनिश्चितकालकालागि कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि कर्फयू लगाएको छ । मितेरी पुलदेखि भारतीय सीमाक्षेत्रसम्म कर्फ्यू लगाएको छ । प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer