• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चोरीको मोटरसाइकलसहित तीन युवा पक्राउ

राजविराज, १५ कार्तिक । गत असोज २७ गते चोरी भएको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले शनिवार खोजतलासका क्रममा बा.३ प ९०६५ नम्वरको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नम्वर–१ का देवेन्द्र कुमार साह, वडा नम्वर– ६ का सागर यादव र वडा नम्वर–७ का बविस कुमार साह रहेका छन् । नम्वर प्लेट परिवर्तन ज ४ प २३५५ लेख्नुका साथै लेग–गार्ड, भाइजरसमेत परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा प्रहरीले उक्त मोटरसाइकल सहित तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन् ।
सप्तरीको बथनाहा गाविस वडा नम्वर–८ का २६ वर्षिय दशरथ कुमार मण्डलको मोटरसाइकल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट चोरी भएको थियो । आफ्नी बिरामी पत्नीलाई उपचार गराउन अस्पताल ल्याउँदा आकस्मिक कक्षको छेउमा रहेको पार्किङ्गमा बा.३०प ९०६५ को कालो रंगको सुपरस्पलेण्डर मोटरसाइकल राखेका थिए । पत्नीलाई अस्पतालमा उपचार गराउनमा व्यस्त रहेको अवस्थामा मण्डलको मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल धनी मण्डलले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा प्रहरीले चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको छ ।