राजविराज, १५ कार्तिक । सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार सञ्चेतीको शनिवार राती निधन भएको छ ।
मुटु रोग, किड्नी तथा मधुमेह रोगबाट लामो समयदेखि पीडित रहँदैआएका उनको राजविराज नगरपालिका वडा नम्वर–१ स्थित आफ्नै घरमा निधन भएको हो । सप्तरीका उद्योगी व्यवसायीहरुको हक हितका लागि काम गर्दैआएका सञ्चेतीको ७१ वर्षको उमेरमा निधन भएको छोरा अमृत सञ्चेतीले जानकारी दिए ।
समाजसेवीको रुपमा समेत परिचित रहँदैआएका उनी नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य, लायन्स क्लवको सदस्य तथा जैन तेरापन्थी न्यास समितिका अध्यक्ष समेत रहेका थिए । उनको पार्थिव शरिरमा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले आइतवार विहान पार्टीको झण्डा ओढाएका छन् । उनका पत्नी, एक छोरा र २ छोरी रहेका छन् ।