भारदह, १४ कार्तिक । सप्तरीको भारदहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको शनिवार पुतला दहन गरिएको छ ।
संयुक्त आन्दोलन परिचालन समिति भारदहद्वारा आयोजित उक्त कार्यक्रममा पुतलादहन अघि आन्दोलनकारीहरुले चर्को नाराबाजी गर्दै पोर्ताहा र भारदह बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । सहीद चौकमा पुतला दहन पश्चात आयोजित सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका जिल्ला अध्यक्ष दानी मण्डल, संघीय समाजवादी फोरम नेपालका कौशलेन्द्र यादव, उपेन्द्र मण्डल, प्रशुराम यादवलगायतले मन्तव्य व्यक्त गरेका छन् । संयुक्त आन्दोलन परिचालन समिति भारदहका संयोजक वीरेन्द्र माझीको अध्यक्षतामा सभाको आयोजना गरिएको थियो । प्रदर्शन जारी रहेकै अवस्थामा मोर्चाका कार्यकर्ताहरुले २० लिटर पेट्रोल नियन्त्रणमा लिएर पुतलामाथि खन्याएर आगो लगाएका छन् ।