• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, १३ कार्तिक । बन्दुक देखाएर आफ्नै १५ वर्षिया छोरीलाई बलात्कार गर्ने बलात्कारी बुवा पक्राउ परेका छन् ।
नशालु पदार्थ सेवन गरेको अवस्थामा छोरीलाई बन्दुक देखाउँदै घर नजिकै रहेको झाडीमा लगेर बलात्कार गर्ने बुवालाई पक्राउ गरिएको हो । पीडित बालिकाकी आमाले दिएको जाहेरी अनुसार करणी गरिरहेको बेला वुवाको हातमा बन्दुक भएकाले डरले प्रतिवाद गर्न असमर्थ भएकी थिइन् । पीडित बालिकाको मेडिकल जाँच तथा स्वास्थ्य परिक्षणको रिपोर्ट अनुसार बलात्कार भएको प्रमाणित भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नारायण चिमरीयाले जानकारी दिए ।
बलात्कारको क्रममा प्रयोग गरिएको कटुवा पेस्तोल सहित पीडकलाई हिरासतमा लिइएको उनले बताए । बन्दुक सहित पक्राउ परेका उनीमाथी जवरजस्ती र हाडनाता करणी अन्तर्गत मुद्दा चलाईने चिमरीयाले वताए । उनका अनुसार विहिवार सप्तरी जिल्ला अदालतवाट अनुसन्धानका लागि म्याद थप गराएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।