• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको भारदह फेरी तनावग्रस्त

दर्जनौं राउण्ड हवाई फायर तथा लाठी चार्ज, डेढ दर्जन घाइते

राजविराज, ७ कार्तिक । केही दिनयता खुकुलो हुँदैगएको सप्तरीको भारदह बजार पुनः तनावग्रस्त बन्नपुगेको छ ।
शुक्रवार राती प्रहरी र प्रदर्शनकारी बीच झडप भएपछि भारदह पुनः तनावग्रस्त बन्न पुगेको हो । प्रहरीले स्कर्टिङ्गमा लगिरहेका रहेका सवारी साधनमाथि केही व्यक्तिहरुले ढुङ्गा हानेपछि स्थितीलाई नियन्त्रणमा लिने क्रममा दर्जनौं राउण्ड हवाई फायर तथा अश्रु ग्याँस प्रहार गरेका छन् । भारदहस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको कंकालिनी भगवती मन्दिर प्राङ्गणमा नाटक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी केही युवाहरुले स्कर्टिङ्गमा रहेको यातायातका साधनमाथि ढुङ्गा हानेका थिए । सोही क्रममा प्रहरीले ढुङ्गा हान्ने यूवाहरुलाई लक्षित गरी लाठी चार्ज गरेका थिए ।

bhardah_andolan1

टोलीमा सहभागी सशस्त्र तथा नेपाल प्रहरीले हज्जारौंको संख्यामा भेला भएका भीँडलाई तितर–बितर पार्न हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको जनाइएको छ । दोहोरो झडपमा प्रहरी फालेको ढुङ्गा लागेर कंकालिनी मन्दिरको धर्मशालाको सिसा फुटेको छ । सोही क्रममा शरिरको विभिन्न भागमा चोटपटक लागेर एक दर्जन प्रदर्शनकारीहरु घाइते भएका छन् ।
यता प्रहरीतर्फ सशस्त्र प्रहरीका सहायक हवल्दारद्वय धनबहादुर खत्री र मो. फारुख, नेपाल प्रहरीका जवानहरु राजकुमार राजवंशी विजय राई, किरण कट्टेल घाइते भएका छन् । घाइते पाँचै जनाको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार गराईएको छ । प्रदर्शनकारीहरुले हानेको ढुंगा लागेर आधा दर्जन सवारी साधनको सिसा फुटेको प्रहरीले जनाएको छ । मन्दिरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम समेत तत्कालै रोकिएको थियो ।