राजविराज, २ कार्तिक । मैथिल महासंघका अध्यक्ष बिष्णु कुमार मण्डलमाथि भएको कुटपिटको घटनाप्रति मैथिली साहित्य परिषद सप्तरीले भत्र्सना गरेको छ ।
परिषदका अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवले सोमवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका हुन् । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष, मिथिला साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता मण्डललाई केही व्यक्तिहरुद्वारा गरिएको कुटपिट, दुव्र्यवहार तथा अपमानजनक व्यवहारको विषयमा दुःख विज्ञप्तिमा दुःख व्यक्त गरिएको छ ।
उक्त घटनाको सम्बन्धमा सत्य–तथ्य अनुसन्धान गरी घटनाको वास्तविक दोषीलाई आवश्यक कानूनी कार्वाही अविलम्ब गर्नुपर्ने सम्बन्धित प्रशासनिक निकायसँग परिषदले माँग गरेको छ । उक्त घटनाको वास्तविकता छानबिन एवं कार्वाही नभएको खण्डमा परिषद विरोध कार्यक्रम गर्न बाध्य हुने समेत संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।