• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गच्छदारलाई जिल्ला कार्यसमितिद्वारा बधाई

राजविराज, २ कार्तिक । मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समितिको सोमवार सम्पन्न बैठकले पार्टी अध्यक्ष विजयकुमार गच्छदार उप–प्रधानमन्त्री भएकोमा बधाई दिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय अध्यक्ष गच्छदारलाई बधाई दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै जिल्ला अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुले राजिनामा दिएको भन्ने समाचार गलत रहेको ठहर गरेको छ ।
पार्टीका उपाध्यक्ष सत्यनारायण यादव, उमेश प्रसाद साहलगायतका केही सदस्यहरुले पार्टी परित्याग गरेको जानकारी प्राप्त भएको हुँदा उनीहरुलाई पार्टीको साधारण सदस्यता समेतबाट निष्काशन गरिएको छ । सरकारमा जाँदा भएको आठ बुँदे सहमति कार्यान्वयन गराई आन्दोलनरत पक्षको मागलाई सम्बोधन गराउने बैठकले माग गरेको छ ।