भारदह, २ कार्तिक । सप्तरीको भारदहमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको मलामी जुलुस प्रदर्शन गरिएको छ ।
संयुक्त मधेशी मोर्चाद्वारा निकालिएको मलामी जुलुस भारदह र पोर्ताहा बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । परिक्रमा पश्चात सहीद चौकमा विराधसभाको आयोजना गरिएको थियो । स्थानीय आन्दोलन परिचालन समितिका संयोजक वीरेन्द्र माझीको अध्यक्षतामा आयोजित सभामा सद्भावना पार्टीका रामचन्द्र साह, कोशलेन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।