• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आन्दोलनको ६६औं दिन पनि सप्तरीमा विरोधसभा

राजविराज, २ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको ६६औं दिन सोमवार पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
राजविराज स्थित सहीद दशन चौकमा विरोध सभाको आयोजना गरिएको छ । सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा आयोजित सभामा तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रीय सचिव रबिन्द्र मण्डल, रामकिसुन यादव, पञ्चदेव यादव, किसान मञ्चका महासचिव अमरकान्त झा, मो. राइन, तुफान मधेशीलगायतका वक्ताले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । सोही सभामा मो. बसीर उद्दीनले क्रान्तिकारी गीत गाएर सभालाई रोमाञ्चक बनाएका थिए ।