राजविराज, २९ असोज । संयुक्त मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा शुक्रवार विरोधसभाको आयोजना गरेका छन् ।
सहीद दशन चौकमा आयोजित विरोध सभामा सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, जयप्रकाश यादव, तुफान मधेशी, राम किसुन यादव, लाल मोहमद, लक्ष्मण यादव र प्रभु यादवलगायतका वक्ताहरुले मधेशी जनताको मागलाई राज्यपक्षले बेवास्ता गरेको बताए । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन नरोकिनेमा जोड दिएका छन् । सद्भावना पार्टीका तारकेश्वर यादवको अध्यक्षतामा विरोध सभाको आयोजना गरिएको थियो ।
विगत दुई महिनादेखि सप्तरी बन्द रहँदआएको छ । बन्दले गर्दा जिल्लाको जनजिवन प्रभावित भएको छ ।