• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २२ असोज ।

सप्तरीको पश्चिमी क्षेत्रका गाउँहरुमा बौलाहा कुकुरको आतङ्कका कारण सर्वसाधारण जनता त्रसित भएका छन् ।

जिल्लाको गम्हरिया प्रवाहा वडा नम्वर–१ मा रामा यादव र लक्ष्मण यादवलाई टोकेका छन् । यस्तै सोही गाविस वडा नम्वर–३ का महादेव साहु, सिमरलाल रामसहितका व्यक्तिहरुलाई बौलाहा कुकुरले टोकेको स्थानीयवासिन्दा जयप्रकाश यादवले जानकारी दिएका छन् । उनका अनुसार वडा नम्वर–४ का मुसहरु पण्डितसमेत गरी करिब डेढ दर्जन व्यक्तिलाई कुकुरले टोकेका छन् । बहुला कुकुर उक्त क्षेत्रका विभिन्न टोल तथा वडाहरुमा घुमफिर गर्ने गरेका कारण त्यसक्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् । कुकुरलाई समात्न खोजिए पनि प्रयास बिफल हुँदैआएको स्थानीय वासिन्दा यादवले बताए ।