• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनपुरका विद्यार्थीहरुद्वारा जुलुस प्रदर्शन

कञ्चनपुरका विद्यार्थीहरुद्वारा जुलुस प्रदर्शन

श्यामसुन्दर पासवान

कञ्चनरुप, २२ असोज ।

सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले मधेशको माग सम्बोधन तथा नेपाल–भारत सम्वन्ध विस्तारको माग गर्दै शुक्रवार जुलुस प्रदर्शन गरेका छन् ।

‘नेपाल–भारत मैत्री सम्वन्ध कायम गर, मधेशको माग सम्बोधन गर’ लगायतका नाराहरु लगाउँदै सर्वोदय उच्च माध्यमिक विद्यालयबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात उक्त जुलुस स्थानी चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बालबोध ईङ्गलिस बोर्डिङ्ग स्कूलका छात्र निरजकुमार चौधरी, सर्वोदय उच्च माध्यमिक विद्यालयका सन्तोष साह, डेफोडिल बोर्डिङ्ग स्कूलका अर्जुुन साह, विवेक साह, आलोक यादव, मुकुन्द राउतलगायतले नेपाल–भारतको सुमधुर सम्बन्धबारे चर्चा गरेका छन् । उक्त जुलुसमा नेपाल र भारतको झण्डा बोकेर प्रदर्शन गरिएको थियो