• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कनकट्टामा विरोधसभाः सडकमै दशैं मनाउन आह्वान

कनकट्टामा विरोधसभाः सडकमै दशैं मनाउन आह्वान

राजविराज, २२ असोज ।

सप्तरीको सिम्राहा–सिंगियोन गाविस स्थित कनकट्टाको शान्ति चौकमा शुक्रवार बृहत विरोधसभाको आयोजना गरियो ।

सभामा सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर तीन दलले जनतालाई धोका दिएको बताए । उनले भने ‘आन्दोलन रहर होइन, बाध्यता हो, त्यसैले अधिकार प्राप्तिकालागि चाडपर्व छाडेर पनि आन्दोलनलाई सशक्त बनाउन आह्वान गरे ।

नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले पटक–पटक आन्दोलन गरिरहनुभन्दा यसै आन्दोलनलाई निर्णायक बनाउन आग्रह गरे । सद्भावना पार्टीका केन्द्रीय सदस्यत्रय विशेश्वर रजक, दिपेन्द्र चौधरी, जिस्मुल खाँ, प्राध्यापक अमरकान्त झा, राजनीतिकर्मी तेजकान्त झा, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, राजनीतिकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य रामनारायण यादव, नेकपा माओवादीका रामगमन साह, तराई मधेश राष्ट्रिय अभियानका बलराम यादव, राष्टिय मधेश समाजवादी पार्टीका धनेश यादव, नागरिक समाजका भिखारी मण्डललगायतले मन्तव्य व्यक्त गरेका छन् । सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष कमलदेव यादवको अध्यक्षतामा सम्पन्न विरोधसभाको सञ्चालन युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक शम्भु यादवले गरेका थिए ।