• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कञ्चनपुरमा लाठी जुलुस प्रदर्शन

श्यामसुन्दर पासवान
कञ्चनरुप, २१ असोज ।

सप्तरीको कञ्चनपुर बजारमा विहीवार लाठी जुलुस प्रदर्शन गरिएको छ ।

जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका युवा नेता राजकुमार यादवले आन्दोलनलाई सशक्त बनाएर शासकवर्गलाई मुहतोड जवाफ दिनुपर्ने आवश्यकता औंल्याएका छन् । मधेशी जनताको पहिचानका लागि जारी आन्दोलनमा गाउँ–गाउँबाट जनता सडकमा ओर्लिनुपर्नेमा उनले जोड दिएका छन् ।
सभामा शिक्षक बुद्धिसागर चौधरी, संघीय समाजवादी फोरम नेपालका थापा यादव, अनुज बहरखेरलगायतले मन्तव्य व्यक्त गरेका छन् ।